Logo

माछापुच्छ्रे क्यापिटलको रक्तदान

काठमाडौं– माछापुच्छ्रे क्यापिटलले पाँचौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । क्यापिटलले माघ ७ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग/समन्वयमा सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थालाई विभिन्न सहयोग गर्ने जनाएको छ । त्यसैगरी आफ्ना विभिन्न सेवामा छुट लगायतका विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्