इरानले जानीजानी अमेरिकी क्याम्पलाई बचाएर निशाना लगायो «

इरानले जानीजानी अमेरिकी क्याम्पलाई बचाएर निशाना लगायो

बगदाद-८ जनवरीको सुरुवाती समयमा इरानले करिब दुइ दर्जन ब्यालेस्टिक मिसाइलबाट इराकस्थित अमेरिकी क्याम्पलाई निशाना बनायो र यो हमला कमाण्डर कासिम सुलेमानीको हत्याको बदलाका लागि भएको बताएको थियो ।
सुलेमानी गत शुक्रबार इराकको बगदाद सहरमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । उनको मृत्यूपछि इरानले अमेरिकालाई यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएको थियो ।
तर इरानले दिएको उग्र चेतावनीका बावजुद अमेरिकाका कुनै सैनिकलाई चोट पुगेको थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बयानबाट पनि यसको पुष्टि गरिसकेका छन् ।
के इरानले जानीजानी अमेरिकी क्याम्पमा तैनाथ सैनिकलाई बचाएको हो ?
इरानको इश्लामकि रिभोलुशनरी गार्डस कर्पस (आईआरजीसी) ले भनेको छ,“इरानले बुधबार सतहबाट सतहमा मार हान्ने करिब २० मिसाइल प्रहार गरेको थियो । जसले अमेरिकी कब्जा भएको अल–असद क्याम्पलपाई निशाना बनाएको थियो ।”
इरानी समाचार एजेन्सी तस्निमले एक रिपोर्टमा भनेको छ,“यो हमलामा इरानको फतेह–३१३ तथा कियाम मिसाइलको प्रयोग गरिएको थियो । यो मिसाइलमा क्लस्टर वारहेड राखिएकाले अमेरिकी सेना यो मिसाइलको प्रहार रोक्न असमर्थ भएको थियो । यसै कारणले यो अल–असदमा १० वटा विष्फोट भएको थियो ।”
अमेरिकी रक्षा विभागका अनुसार इरानले एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल छोडेको थियो जसले अर्ध स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको इराकी सैन्य ठेगाना इरबिल तथा अल–असदलाई निशाना बनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेनाका एक सदस्य पनि यो आक्रमणबाट घाइते भएका छैनन् र सैन्य आधारमा पनि सामान्य मात्रै क्षति भएको छ ।
टेलिभजिनमा बयान दिँदै ट्रम्पले सावधानी अपनाइएको र सैन्य बलको पैmलावट तथा वार्निङ सिस्टमले सही काम गरेकाले क्षती नभएको बताएका छन् । हमला वास्तवमै घातक भएको अमेरिकी शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलेले बताए ।
उनले भने,“हामीहरुको व्यक्तिगत अनुमान यो छ कि इरानले सवारी साधन, उपपकरण तथा विमान नष्ट गर्न तथा सैन्यकर्मीलाई मार्नका लागि हमला गरेको थियो ।”

 

प्रतिक्रिया दिनुहोस्