ब्रान्ड परामर्श दिन क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

काठमाडौं– नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू, क्रियो र स्ट्राटेजी सेन्ट्रलले साझेदारी गरेका छन् । बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायतको उपस्थितिमा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।
दुवै कम्पनी मिलेर नेपाली ब्रान्डलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् । सो साझेदारीले घरेलु ब्राण्डले सामना गर्ने प्रमुख चुनौती सम्बोधन गर्न, उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिको मार्गदर्शन दिनेछ । कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडकम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीबारे जानकारी दिए ।
नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन् । शार्क ट्यांक बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ । उनले साझा गरेको यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्ने बताइएको छ ।