Logo

जगदम्बा मोटर्सको अनस्टपेबल फ्रिडम अभियान

काठमाडौं– टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ मोडलको घोषणा गरेको छ । कम्पनीले टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।

अफरअन्तर्गत कम्पनीले बाइक पारखीलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ । अफरअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकले २ वर्षसम्मका लागि नि:शुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।

यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ ।

सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेका साथै दैनिक यात्रुको आवश्यकतालाई समेत पूरा गर्ने कम्पनीको भनाइ छ । ग्राहकको सहजतालाई विशेष प्राथमिकतामा राख्दै, टीभीएसले चुनिएका सर्भिस स्टेसनमार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौं उपत्यकाका ग्राहकलाई प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्