Logo

भन्सार दिवसको सान्दर्भिकता

अन्तर्राष्ट्रिय भन्सार संगठनले २०२५ लाई ‘दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल उद्देश्यका साथ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै छ । यो हरेक वर्ष जनवरी २६ मा मनाइन्छ । भन्सार सहयोग काउन्सिल अर्थात् विश्व भन्सार संगठन (डब्लुसिओ) को पहिलो औपचारिक सम्मेलनको सम्झनामा यो मनाइन्छ । डब्लुसिओले अन्य वर्षहरूमा जस्तै यस वर्ष पनि जनवरी २६ मा विश्व भन्सार दिवस मनाउने भएको छ ।

‘भन्सार सुधार तथा आधिुनिकीकरण योजना २०७८–२०८३’, नेपाल सरकारको अर्थ मन्त्रालयले छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक लागू गरेको छ । योजनाले पाँचवटा लक्ष्यलाई जोड दिएको छः व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन, समाजको संरक्षण र सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास र क्षमता निर्माण ।

योजनामार्फत नेपालले व्यापार सहजीकरण, समन्वयित सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँच, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारको सुधार, व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, संरक्षणमा सुधार गर्ने लक्ष्य राखेको छ । योजनाले आयात–निर्यात प्रक्रियालाई समयमै, लागत प्रभावकारी र व्यापारीहरूका लागि अनुमानित बनाउने सरकारको लक्ष्यलाई समर्थन गर्छ ।

यसले देशभरका भन्सार कार्यालयमा नेपाल भन्सार स्वचालन प्रणाली लागू गरी भन्सार निकासी प्रक्रियालाई स्वचालनमा पनि केन्द्रित गर्नेछ । यसबाहेक नेपालगन्ज र मेची भन्सार बिन्दुबाट बढी व्यापार हुन्छ । अन्य कार्यालयबाट भने नगन्य मात्र व्यापार भइरहेको छ । भन्सार बिन्दुलाई राजस्व संकलन र व्यापार गर्ने थलोका रूपमा मात्र हेर्न नहुने देखिन्छ । दुई मुलुकबीचको सम्झौताअनुसार औपचारिक रूपमा खुलेका नाकाबाट व्यापार पनि हुन्छ भन्ने सिद्धान्तअनुसार भन्सार कार्यालय राख्नुपरेको वास्तविकता छ ।

हालै, निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको कुरा सार्वजनिक भएको छ । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । प्रस्तावित विधेयकमा सफ्टवेयर निर्यातको विषयमा केही व्यवस्था गरिएको छैन । त्यस्तै विद्युत्को व्यापार भन्सारको दायरामा आउने वा नआउने भन्ने विषय स्पष्ट पारिएको देखिँदैन । त्यस्तै, भन्सार जाँचपास प्रक्रियामा कुनै विवाद आएमा त्यसको निरुपणका लागि प्रशासकीय पुनरावलोकनका लागि अलग्गै न्यायिक निकायको स्थापना गरिनुपर्नेमा निजी क्षेत्रको जोड छ ।

नेपालको जत्रो वैदेशिक व्यापारको आकार रहेको मुलुकमा यति धेरै संख्यामा भन्सार बिन्दु आवश्यक नरहेको विज्ञहरूले बताउँदै आएका छन् । धेरै भन्सार बिन्दु राख्दा एक त अनावश्यक आयात बढ्ने र अर्को, मुलुकले प्रशासनिक खर्चमा ठूलो रकम गुमाए पनि त्यसको उपादेयता नहुने विज्ञहरूको भनाइ छ । नेपाल र भारतबीचको व्यापार सन्धिले २७ वटा नाकालाई द्विपक्षीय व्यापार नाकाको रूपमा स्वीकृत गरेको छ । स्वीकृत नाकामध्ये नेपालतर्फ भिस्वा र गुलरिया अझै छोटी भन्सारको स्तरमा छन् । व्यापार सन्धिमा नपरेका त्रिवेणी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत मूल भन्सार कायम गरिएको छ ।

नेपाल र चीनबीचको व्यापार एवं पारवहन सम्झौताले द्विपक्षीय व्यापारका लागि ६ वटा नाका स्वीकृत गरेको छ । यसमध्ये यारी–पुलान, रसुवा–जिलोङ र कोदारी–जाङ्यमलाई अन्तर्राष्ट्रिय व्यापारका लागिसमेत उपयोग गर्न सक्ने नाका र बाँकी तीन नेचुङ–लिजी, ओलाङचुङगोला–रियु तथा किमाथान्का–छेन्ताङलाई द्विपक्षीय व्यापारका रूपमा स्थापित गरेको छ । उत्तरी सीमामा छोटी भन्सार भने अस्तित्वमा छैनन् ।

विश्व भन्सार संगठन, जसमा १ सय ७७ भन्दा बढी भन्सार प्रशासन सदस्य छन्, भन्सार मामिलाहरूलाई प्रकाश गर्ने एकमात्र अन्तरसरकारी संस्था भनिन्छ । विश्व भन्सार संगठनका सदस्यहरूले अन्तर्राष्ट्रिय भन्सार दिवसलाई विश्वभरका भन्सार निकायहरूमा महत्वपूर्ण भूमिका खेल्नका लागि एक भव्य सम्झनाको रूपमा मनाउँछन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवस किन मनाइन्छ ?
अन्तर्राष्ट्रिय भन्सार संगठनले अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम बढाउनुको सट्टा विश्वव्यापी व्यापारको विकासमा ठूलो भूमिका खेल्छ । अन्तर्राष्ट्रिय सुरक्षा खतराहरूले विश्वव्यापी व्यापार परिदृश्यलाई नकारात्मक रूपमा असर गर्छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने उद्देश्यहरूमा यो सदस्य कर्तव्य प्रशासनको प्रभाव र प्रभावकारिता वृद्धि गर्न प्रतिष्ठित छ । भन्सार विकासमा सक्रिय रूपमा योगदान गर्न सदस्य भन्सार प्रशासनहरूलाई नवीन रूपमा सहयोग गर्न । अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न । राजस्व संकलन, सामुदायिक संरक्षण, राष्ट्रिय सुरक्षा र व्यापार तथ्यांक संकलन अभिवृद्धि गर्न ।

यसको इतिहासमा जानुअघि चलन के हो, बुझौँ । प्रत्येक देशमा भन्सार हेर्ने विभाग हुन्छ, जुन भन्सार संकलन गर्न र सामानको आयात र निर्यातको निरीक्षण गर्न जिम्मेवार हुन्छ । प्रत्येक देशको आ–आफ्नै कानुन हुन्छ । जुन देशमा ल्याउन सक्नुहुन्छ र के पठाउन सकिन्छ, यी सबै भन्सार विभागको क्षेत्राधिकारअन्तर्गत पर्छ ।

भन्सारले महत्वपूर्ण भूमिका खेल्छ । कर्मचारीतन्त्र र सिमानाको कम लागत भएका देशहरूले यो अभूतपूर्व फाइदा उठाउन सक्षम भएका छन् । स्वास्थ्य र सुरक्षाका साथै अर्थतन्त्रका हिसाबले दुवै देशलाई मद्दत गर्ने आधारभूत सुधारहरू कार्यान्वयन गर्ने यत्तिको महत्वपूर्ण समय यसअघि कहिल्यै आएको थिएन ।
सदाझैँ विश्व भन्सार संगठनले परिकल्पना गरेको यो वर्षको नाराअनुरुप नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ भन्सार विभाग, अर्थ मन्त्रालयको संयुक्त सहकार्यमा लक्ष्य पूरा गर्न विभिन्न कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कुनै पनि देशमा भन्सारले राजस्व संकलनको माध्यमबाट मुलुकको द्रुत सामाजिक–आर्थिक विकासमा र व्यापारको अनुकूल र समन्यायिक सहजीकरणमा पनि प्रमुख भूमिका खेलेको हुन्छ । राजस्व संकलन, व्यापार सहजीकरण र भन्सार नियमको उचित कार्यान्वयनका साथै जनता र सरकारको हितमा समयसापेक्ष अधिकतम परिवर्तन गर्नुपर्ने आवश्यकताहरू भविष्यका चुनौती हुन् ।

मुलुकको भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलन प्रणालीलाई भरपर्दो र पारदर्शी बनाउने नीति सरकारले लिएको देखिन्छ । विश्वव्यापीकरणको वर्तमान परिप्रेक्ष्यमा भन्सार राजस्वमाथिको निर्भरता क्रमशः हट्दै गएकाले भन्सारको भूमिकालाई व्यापार सहजीकरणतर्फ लैजान आवश्यक छ ।

नेपालको भन्सारले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्छ, तर सूचना प्रविधिको डिजिटलाइजेसन मात्रै नभएर काम गर्नुपर्ने देखिन्छ । राजस्व परिचालनमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्सारका प्रत्येक कार्यले उद्योग र व्यापारमा ठूलो प्रभाव पार्ने भएकाले त्यसमा उद्यमीलगायत राष्ट्रको हित जोडिएको हुन्छ ।
भन्सार राजस्व मात्र संकलन गर्ने निकायको रूपमा नभई देशको सीमामा व्यापार सहजीकरण एकाइको भूमिकामा परिवर्तन गर्दै विश्व भन्सार दिवसले व्यापार सहजीकरणका लागि विश्व व्यापार संगठनले जारी गरेका महत्वपूर्ण दिशानिर्देश, निर्देशिका र निर्णयहरूको कार्यान्वयन र अन्वेषणात्मक संरचनात्मक व्यवस्थामा जोड दिएको छ ।

नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रमा भन्सार व्यवस्थापनको प्रभावकारिताले आपूर्ति प्रणाली र राजस्वलाई मात्रै अनुकूल बनाउँदैन, राष्ट्रिय अर्थतन्त्रका विभिन्न आयामलाई सकारात्मक दिशामा लैजाने कुरा पनि स्पष्ट छ । विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव र विभिन्न वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको उतारचढावले आयातित वस्तुको मूल्यमा असर पारिरहेको छ । तर, भन्सार विभागले यी तथ्यलाई नमान्दा आयातकर्ताहरू मारमा परेका छन् । त्यसैले भोलिदेखि नै समीक्षा गर्नुपर्छ ।

भन्सार कार्यालयले आयातित सामानको मूल्यांकन र क्लियरेन्सको मूल्यांकनमा विवाद खडा गर्दै आएको छ । फलस्वरूप, आयातकर्ताहरूले अनावश्यक ढिलाइ, लागत वृद्धि, ट्रक-कन्टेनर भाडा वृद्धि र धितो रूपमा निक्षेप सामना गर्नुपर्छ । डिजिटलाइजेसन अहिलेको जति महत्वपूर्ण कहिल्यै भएको थिएन । सामाजिक दूरी कायम गर्न भन्सार घोषणा र सम्बन्धित कागजातहरूको इलेक्ट्रोनिक घोषणा आवश्यक छ । यस वर्ष भन्सारको भूमिका समुदाय र देशलाई कोरोना संकटबाट बाहिर निस्कन मद्दत गर्नेमा केन्द्रित छ ।

परम्पराबिना विश्वव्यापीकरण सम्भव थिएन । यस अर्थमा, भन्सार हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने वस्तु र सेवाहरूको सरल र सहज आपूर्तिका लागि ठूलो महत्वको हुन्छ । हामीले खपत गर्ने हरेक इन्धन र हाम्रो भान्साको एक चिम्टी नुनसहित हामी चढ्ने हरेक सवारी साधन भन्सारबाट आएको हो । भन्सार छलेर कुनै पनि वस्तु वा सेवा आपूर्ति गर्नु कानुनी अपराध हो र भन्सार छल्ने वस्तु तथा सेवाहरू दण्डनीय छन् । प्रत्येक वर्ष भन्सार दिवसमा अर्थ मन्त्रालयले निश्चित उद्देश्य तय गरी उक्त उद्देश्य हासिल भयो कि भएन भनेर छलफल गर्छ र तिनीहरूले थप कठिनाइ र अभ्यासबारे पनि छलफल गर्छन् ।

नेपाल सरकारले विश्वभरबाट वस्तु तथा सेवाको आदानप्रदान गर्न सफल होस्, चीन र भारत दुवैसँग आयात–निर्यातका लागि सार्थक व्यापार सम्झौता कार्यान्वयन गरोस् । त्रिभुवन विमानस्थल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई आयात–निर्यात सहज बनाउन थप वैज्ञानिक र सुविधाजनक बनाइनुपर्छ । विद्यमान भन्सार ऐन र गत आवको बजेट वक्तव्यदेखि भन्सारका दर आर्थिक ऐनमा नभई छुट्टै हुनुले भन्सार बिन्दुमा आएको मालसामानको घोषणा, वर्गीकरण र मूल्यांकनजस्ता विषय सम्बन्धित आयात र निर्यातकर्ता वा निजका प्रतिनिधि (ब्रोकर्स) ले गर्ने व्यवस्था छ । यसकारण व्यापारलाई वास्तविक र यथार्थपरक बनाउने पहिलो जिम्मा व्यवसायीहरूमा नै रहेको छ । भन्सारको क्षेत्रमा विभिन्न सुधारका बाबजुद पनि समस्यामुक्त भने छैन । मूल्यांकनको विषय सदैव छलफल र विवादको विषय भएको छ । यसलाई दिगो रूपमै व्यवस्थापन गर्न केन्द्रीय डाटाबेस तयारी, ट्यारिफ स्पेसिफिकेसन कोडको कार्यान्वयन र यसको आवधिक अध्यावधिक गर्नु नै हो ।

भन्सार प्रशासनलाई विगतदेखि नै राज्यको राजस्व संकलन गर्ने प्रमुख निकायका रूपमा मानिँदै आएको छ । समयको परिवर्तनसँगै विश्वव्यापी रूपमा नै यसको भूमिका पनि परिवर्तन हुँदै आएको छ । भन्सार प्रशासनको मुख्य कार्यमा व्यापार सहजीकरण, आन्तरिक सुरक्षा तथा सार्वजनिक हितको रक्षा र त्यसपछि मात्र राजस्व संकलन गर्ने भएको पाइन्छ । वैध व्यापारमा उचित सहजीकरण गर्न सकिए भन्सार प्रशासनले गर्ने राजस्व संकलनको कार्य स्वतः हुने मान्यताका साथ अहिले नेपालमा समेत भन्सार प्रशासनको मुख्य कार्यमा व्यापार सहजीकरण गर्ने कार्यलाई नै प्रमुख मान्न थालिएको छ ।

प्रविधिले नेपाली भन्सारलाई बाँध्न सजिलो बनाउन कम्प्युटर प्रविधिबाट सहज र सरल बनाइएका विश्वका भन्सार लेखापरीक्षणका विवरण र गणना अझै पनि नेपालमा प्रायः पुरानो र हस्तलिखित कागजमा गरिँदै आएको छ । यस वर्षको विश्व भन्सार दिवसले यसमा प्रगति आओस् भन्ने अपेक्षा राखौँ ।

नेपाल भूपरिवेष्टित देश भएकाले हाम्रो लागि भन्सार धेरै महत्वपूर्ण छ । पैठारी वा निकासी हुने सामानको भन्सार कार्यालयमा लेखापरीक्षण गरिन्छ, देशको कानुनबमोजिम भन्सार लगाइन्छ र मापदण्डअनुसार आयात गरिन्छ । यसरी देशले विकास, सुरक्षा र अन्य राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न कार्यका लागि राजस्वको रूपमा भन्सार संकलन गर्छ ।

सडकदेखि विद्यालयसम्म, पुल तथा अन्य भौतिक पूर्वाधार र विकासका अन्य उपायहरूमा सरकारको अधिकांश लगानीको स्रोत यही हो । चीनसँगको भन्सार चेकपोस्ट वा भारतसँगको चेकप्वाइन्टबाट ठूला कार्गो गाडीहरूमा आउने सामान हाम्रा जीवनरेखा हुन् । साथै, नेपाल सरकारले विश्वभरबाट वस्तु तथा सेवाको आदानप्रदान गर्न सफल होस्, भारत र चीन दुवैसँग आयात–निर्यातका लागि सार्थक व्यापार सम्झौता कार्यान्वयन गरोस् ।

प्रतिक्रिया दिनुहोस्