Logo

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुनको मूल्य आइतबार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आइतबार ३० रुपैयाँले घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्