काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडौं- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौं, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौं ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।
उक्त प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरेका हुन् । प्रदर्शनीमा नेपाली कलाकारका ६५, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्लेलगायत कलाकृति पनि समावेश छ । प्रदर्शनी यही माघ ६ गतेसम्म चल्ने छ । पोखरामा बनाइएका कलाकृतिसमेत प्रदर्शनीमा राखिएका छन् ।