Logo

डिएभी कलेज अन्तर–कलेज फुटसल कप सम्पन्न

काठमाडौं– लितपुर स्थित डिएभी कलेजले तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप सम्पन्न गरेको छ । गत पुस २९ देखि माघ २ गतेसम्म डिएभी कलेजमै आयोजना भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका बीसीए कलेज सम्बद्ध २४ टिम सहभागी थिए ।

बीसीए कलेजबीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ । यस वर्ष नागार्जुन कलेजले डिएभी बीसीए अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख ५० हजार रूपैयाँ हात पार्‍यो । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्रि र्‍याफ्टिङ प्याकेज प्रदान गरेको छ ।

त्यसैगरी रनर–अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित ट्रफी हात पारेको छ । प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्