Logo

महालक्ष्मी विकास बैंकको रिकरिङ बचत खाता सञ्चालन

काठमाडौं– महालक्ष्मी विकास बैंकले बालबालिकालाई लक्षित गरी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकार्लाइ भविष्यमा आइपर्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि सम्बोधन गर्ने गरी बचत मै मुद्दति सरहको ब्याज पाइने महालक्ष्मी रिकरिङ बचत खाता सञ्चालनमा ल्याएइको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले एकदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् । यसबाट १ वर्षको व्यक्तिगत मुद्दति बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकको भनाइ छ । अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्ती पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ ।

मुद्दति खाता जस्तो धेरै रकम पनि नचाहिने पाँचसय रुपैयाँबाटै सुरुवात गर्न सकिने बैंकको भनाइ छ । यसले बालबालिकाको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकता परिपूर्ति गर्नसमेत सहज हुने भएकाले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकका लागि उत्तम विकल्प हुन सक्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्