Logo

फाइनान्स समूहकाे परिसूचकमा ठूलो गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सात दशमलव ३३ अंकले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

बिहीबार दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ । बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् ।

बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ ।

त्यसैगरी बिहीबार फाइनान्स समूहकाे परिसूचकमा ठूलो गिरावट आएको छ । पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्