रेड्मी नोट १४ सिरिज सार्वजनिक

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याउने तयारी भएको जनाएको छ । सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाएको थियो ।
रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च-गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।
रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ”शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ” ।
रेड्मी नोट १४ प्रो+५जीः आइकनिक शट्स, टिकाउपन र बोल्ड डिजाइन
स्टाइलिश डिजाइन र उच्च टिकाउपनः
रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेकोकम्पनीले जनाएको छ । यसमा आइपी६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छजसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।
स्न्यापड्रागन ७एस जेन ३ को उच्च प्रदर्शनः
रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८जीबी+२५६जीबीर १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ ।
२०० मेगापिक्सेलको प्रो-ग्रेड एआई क्यामेराः
२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । डायनामिक शट्स, मोसन ट्राकिङ फोकसर डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।
१२० वाट हाइपरचार्जः
५११०एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२०वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
एआई विशेषताहरूः गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्सर एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ प्रो ५जीः सुन्दरता र प्रदर्शनको उत्कृष्ट संयोजन
प्रिमियम डिजाइन र आइपी६८ सुरक्षाः
स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पलर कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ जसले यो मोडल दैनिक प्रयोगलाई अझ आकर्षक रहन्छ ।
मिडियाटेक डाइमेन्सिटी ७३००-अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः
४एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००-अल्ट्रा चिपसेट रहेकोयस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।
२०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः
ओआईएससहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरार २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँदछ । साथमा एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँदछ ।
दिगो ब्याट्री र टर्बो चार्जिङः
५११०एमएएच ब्याट्री र ४५वाट टर्बो चार्जिङ फिचरसहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ ।
एआई विशेषताहरूः सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।
रेड्मी नोट १४ ५जीः आकर्षक फोटोग्राफी, उत्कृष्ट प्रदर्शन
स्टाइलिस र टिकाउ डिजाइनः
आइपी६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ । कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको योमोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेकोछ ।
उत्कृष्ट प्रोसेसरः
मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ । ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११०एमएएचको ब्याट्री र ४५वाटको टर्बो चार्जिङको सुविधा रहेको छ।
१०८ मेगापिक्सेलको एआई क्यामेराः
ओआईएससहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अझ रोमाञ्चक बनाउँदछ ।
एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।
रेड्मी नोट १४ः दैनिक प्रयोगका लागि उत्कृष्ट
स्टाइलिस डिजाइनः
मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । ८.१६मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुन्छ ।
मिडियाटेक हेलियो जी९९-अल्ट्रा प्रोसेसरः
६एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९-अल्ट्रा चिपसेटले रेड्मी नोट १४मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यो मोडल ६जीबी+१२८जीबीर ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ।
१०८ मेगापिक्सेलको एआई क्यामरा प्रणालीः
१०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ । त्यसैगरी २० मेगापिक्सेलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ ।
५५००एमएएच ब्याट्री र ३३वाट टर्बो चार्जिङः
५५००एमएएचको ब्याट्री र ३३वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छभने यो चार्ज पनि छिटो हुन्छ ।
एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ
मूल्य र उपलब्धताः
रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा रु.२४,९९९ (६/१२८ जीबी), रु. २७,९९९(८/२५६ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा रु. ३०,९९९(८/२५६ जीबी) र रु. ३५,९९९(१२/५१२ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा रु.३९,९९९ (८/२५६ जीबी), र रु.४४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा रु. ४९,९९९ (८/२५६ जीबी), र रु. ५४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।