बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीमा महासंघको सहभागी «

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीमा महासंघको सहभागी

भारतको ग्रेटर नोयोडामा बुधबारदेखि आयोजित खाद्य तथा खाद्य प्रविधिसँग सम्बन्धित बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी इन्डुस फुड टेक–२०२० मा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । भारतीय व्यापार प्रवद्र्धन केन्द्रको आयोजना भएको सो प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।
उक्त प्रदर्शनीमा भाग लिन उपाध्यक्ष प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल हिजो त्यसतर्फ प्रस्थान गरेको थियो । भारतको ग्रेटर नोयोडामा बुधबारदेखि आयोजित खाद्य तथा खाद्य प्रविधिसँग सम्बन्धित बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी इन्डुस फुड टेक–२०२० मा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । भारतीय व्यापार प्रवद्र्धन केन्द्रको आयोजना भएको सो प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । उक्त प्रदर्शनीमा भाग लिन उपाध्यक्ष प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल हिजो त्यसतर्फ प्रस्थान गरेको थियो । 
महासंघका कोषाध्यक्ष निरक केसी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू नरेन्द्रकुमार खड्का, दिलसुन्दर श्रेष्ठ, हेमराज ढकाल, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरू, वस्तुगत संघका अध्यक्षहरूसहित खाद्य तथा खाद्य प्रविधिसंग जोडिएका २२ जना नेपाली उद्यमी व्यवसायीहरूले सो प्रदर्शनीमा भाग लिइरहुन भएको छ । प्रदर्शनीमा खाद्य तथा पेय पदार्थ प्रशोधनसम्बन्धी प्रविधि, खाद्य प्याकेजिङ तथा लेवलिङ प्रविधि, उत्पादनमा स्वचालित तथा नियन्त्रण प्रविधि, वेकरी तथा कन्फेक्सनरी, उपभोग्य वस्तु, खाद्य मिल तथा खाद्यान्न तेल उद्योगहरूले प्रयोगमा ल्याएका पछिल्लो प्रविधिहरूको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा भारत लगायत विश्वका औद्योगिक राष्ट्रहरूको सहभागिता छ । 
मेलामा महासंघको प्रतिनिधिमण्डलद्वारा प्रर्दशनीको अवलोकन गर्नुका साथै नेपालको खाद्य तथा खाद्य प्रशोधन क्षेत्रमा प्रविधि भित्र्याउने विषयमा विभिन्न देशका उद्योगी व्यवसायीहरूस“ग छलफल भेटवार्ता हुने कार्यक्रम छ । साथै प्रतिनिधिमण्डलले महासंघद्वारा आगामी चैत महिनामा आयोजना गरिने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिताका लागि वाह्य कम्पनीलाई आमन्त्रणसमेत गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्