प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली «

प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली

प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बिमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले सीईओ पदको पदवहाली गरेको कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तिलाई बिमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रूपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका थिए ।
वि.स २०३७ सालदेखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रूपमा करियर सुरु गरेका तिमिलाले वि.स २०५३ मा नेको इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकको रूपमा प्रवेश गरेका थिए भने २०७२ सालदेखि ०७३ सालसम्म सीईओ पदको कार्यभार सम्हालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्