कजारिया रमेश टायल्सको पार्टनर्स मिट

काठमाडौं– कजारिया रमेश टायल्सले डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरको सहभागिता रहेको थियो । कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गरे ।
साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका थिए । कजारिया रमेश टायल्सको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०X६० सिएम सिरेमिक वाल टायलको सार्वजनिक प्रदर्शन थियो । आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको कम्पनीको दावी छ । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्सले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइन ल्याउने जनाएको छ ।
कजारिया रमेश टायल्सले डिलरहरूका लागि अर्डर बुकिङ्ग योजना सुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ । कजारिया रमेश टायल्सले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ । जस अन्तर्गत उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ ।