Logo

स्काईवर्थ सपना साकारको विजेता घोषणा

काठमाडौं– केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधबार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई कारको साँचो हस्तान्तरण गरिएको हो ।

साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैंले व्यहोर्ने पनि जनाइएको छ । स्मार्ट एप्लायन्सेस्को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशतसम्मको छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकलाई उपलब्ध गराएको थियो । स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घर-परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्