नेशनल लाइफको नयाँ बीमा योजना

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख सार्वजनिक गरेको छ । कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारी, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहबीच सो बीमालेखको सुरुवात गरिएको हो ।
बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ ।
बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगाएतका अन्य सुविध पनि यस बीमालेखमा रहेको बताइएको छ ।