सिटिजन्स बैंकको सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले अनाथ बालबालिकाका लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल नविकरण प्रतिष्ठान नेपाललाई सहयोग प्रदान गरेको छ ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामग्री र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरे । प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।