कतार एयरवेजको काठमाडौं, दोहा, क्यानबेरा उडान «

कतार एयरवेजको काठमाडौं, दोहा, क्यानबेरा उडान

कतार एयरवेजले पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं, दोहा, अस्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अस्ट्रेलियन राजदूत पिटर ग्रिमी बड, कतारका राजदूत युसुफ मोहम्मद अल–हायल र कन्ट्री म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा कन्ट्री म्यानेजर जयप्रकाश नैयरले एयरवेजको व्यापक विस्तार योजना तथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट (एचआईए)को माध्यमबाट व्यापक वैश्विक सञ्जालसँग जोड्ने प्रतिबद्धतासमेत जाहेर गरे । “अस्ट्रेलियामा हाम्रो पाँचौं गन्तव्यका रूपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौं । नयाँ उडान सेवाले अस्ट्रेलियन यात्रुहरूलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद इन्टरनेसनल एयरपोर्ट, ट्रान्जिटमार्फत हाम्रो वैश्विक सञ्जालद्वारा व्यापक गन्तव्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौं,” कन्ट्री म्यानेजर जयप्रकाश नैयरले भने ।
क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ताभन्दा बढीले वृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७ विमानमार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउनेछ ।
बी७७७द्वारा बिजनेस क्लासमार्फत ४२ फ्ल्याटबेड सिट र इकोनोमि क्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रा गर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधासम्पन्न मनोरञ्जन प्रणालीमार्फत यसमा उपलब्ध रहेका बहुसंख्यक मनोरञ्जनका विकल्पको मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्