एनसेलको अनलिमिटेड नाइट डेटा

काठमाडौं– एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ ।
यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् । यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् ।
यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउँछन् । सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकले यो योजनाबाट फाइदा लिन सक्छन् ।
यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ । २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ ।