मल्टीपर्पस फाइनान्सको २७ औं साधारणसभा

काठमाडौं– मल्टीपर्पस फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय राजविराजमा भएको सभामा अध्यक्ष चन्दन अग्रवालले प्रस्तुत गरेको आ. व. २०८०/०८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
संस्थाले निकट भविष्यमा आफ्नै भवनबाट कारोबार सञ्चालन गर्न विद्यापति चौकबाट करीब १०० मिटर उत्तर भवन निर्माणको प्रक्रिया अगाडी बढाएको जनाएको छ । सभामा वित्तीय संस्थाको सञ्चालक सदस्यहरुमा गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र महेशकुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव रजनीशकुमार सिंह लगायत सेयरधनीको उपस्थिति रहेको थियो ।