Logo

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सम्पन्न

काठमाडौं– लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी सस्टनेवल इनर्जी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्