Logo

केएनपीका विजेता घोषणा

काठमाडौं- केएनपी नेरोलेक पेन्ट्सको चाडपर्व योजनाअन्तर्गत ग्राहकहरूलाई केएनपीको रङमा दंगको विजेता घोषणा गरेको छ । बम्पर पुरस्कारका रूपमा पाँच लाख रुपैयाँबराबरको सुन विजेता घोषणा गरेको हो ।

बम्पर पुरस्कारको रूपमा पाँच लाखबराबरको सुन जनकपुरका शिवनारायण मण्डलले पाएका छन् । ब्रान्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्रान्डेड स्मार्ट टीभी वीरगन्जका ध्रुवप्रसाद गुप्ताले पाएका छन् । साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीका तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् ।

‘केएनपीको पर्वसँगै रङमा दंग, ५ लाखबराबरको सुनसँग’ योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने एक सयजना भाग्यशाली ग्राहकले ब्रान्डेड स्मार्ट वाच, एकजनाले ब्रान्डेड स्मार्ट टीभी र एकजनाले ब्रान्डेड ल्यापटप जित्न सक्ने अवसर थियो । यस योजनाको विजेता लक्की ड्रमार्फत आइतबार ‘कल कान्तिपुर’मा प्रत्यक्ष रूपमा चुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्