प्रोग्रेशिभ फाइनान्सका २ साधारण सभा सम्पन्न

काठमाडौं– प्रोग्रेशिभ फाइनान्सको २७औं एवं २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रसाद महर्जनले पेश गरेको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ का प्रतिवेदनहरु संशोधनसहित पारित भएका छन् ।
उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिएका थिए । संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी सेयरधनीमा आशाको सञ्चार गराएको उनले बताए ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात स्वीकृत गरेको छ ।