Logo

सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५ प्रतिशत बोनस दिने

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको २०औं साधारणसभाले चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.१९ प्रतिशतले हुन आउने रकम नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यो प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार पुगेको छ । सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्