मुक्तिनाथ बैंकको १८औं वार्षिक साधारणसभा

काठमाडौं– मुक्तिनाथ विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले पेश गरेको आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले प्रतिसेयर एक सय रुपैयाँका दरले एक अर्ब बराबरको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
सभाबाट आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका सुरुका ३० जना संस्थापक सेयरधनी, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनी तथा सञ्चालक सदस्यलाई सम्मान गरिएको थियो ।