गरिमा विकास बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौं– गरिमा विकास बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश् वितरण गर्ने भएको छ । बैंककको १८औं वार्षिक साधारणसभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनसहित सेयरधनीलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको हो ।
सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइरालालाई निर्वाचित गरेको हो ।
साधारणसभा पश्चात बसेको सञ्चालकको बैठकले खाँडलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रहेको छ । साधारणसभाले पारित गरेको लाभांस यही पुस १७ गते कायम रहेका विकास बैंकका सेयरधनीले नगद लाभांस प्राप्त गर्नेछन् ।