Logo

१८ बैंकको अधिकतम ब्याजदर स्थिर

काठमाडौं- माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत् राखेका हुन् । नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् ।

नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको छ । यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको छ ।

माघमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबि र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्