गरिब र धनीबीचको खाडल झन बढ्योः प्रथम गर्भनर

राष्ट्र बैकका प्रथम गर्भनर हिमाल शमशेर जबराले नेपालमा धनी र गरिबबीचको खाडल झन बढ्दै गएको बताएका छन् । बुधबार काठमाडौंमा सामना बैकिङ पुरस्कार गुठीद्वारा आयोजित बैकिङ पत्रकारिता पुरस्कार र छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले बढ्दो खाडलबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए ।
“नेपालमा हुने र नहुने (ह्याब्स र ह्याब्सनट) बीचको दुरी झन बढ्दै गएको छ, यसको अनुसन्धान गर्नुपर्ने खाँचो देखिएको छ” उनले भने, “यही कारणले विगतमा युद्ध भएको भनियो तर अझ झन बढ्दै जानु अनुसन्धानको ठूलो विषय हो । ” पछिल्लो समयमा बढ्दो अनौपचारिक र अवैध पैसाको कारोबारबारे समेत सर्तक हुनुपर्ने अवस्था आएको बताउँदै उनले पछिल्लो समयमा विवाह, पार्टी लगायतमा हुने अत्याधिक खर्चको अवस्था सबैका लागि चिन्ताजनक भएको उनको टिप्पणी थियो । आतंकवादमा बैंकबाट पैसा नजानका लागि गरिएको औपचारिक प्रकृयाले साना व्यापारीहरुले ठूलो समस्या भएको बताउँदै उनले बैक मर्जरले कार्टेलिङ बढ्न सक्ने बताए ।
कार्यक्रममा राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी, नेपाल आर्थिकम संघका अध्यक्ष अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल, अर्थशास्त्र विभाग प्रमुख कुसुम शाक्यलगायतले वित्तीय क्षेत्रबारेको पुस्तक प्रकाशन नभएको विषय गम्भीर भएको बताए ।
कार्यक्रममा तेस्रो सामना बैकिङ पत्रकारिता पुरस्कारबाट पत्रकार यज्ञ बन्जाडेका र त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग न्र्तगत इकोनोमिक्स अफ डेलभमेण्ट एण्ड प्लानिङतर्फ २०७०, २०७१ र २०७२ मा उत्कृष्ट हुने क्रमशः सुदीप घिमिरे, तिलकसिंह महरा र मानव प्रकाश पौडेललाई सम्मान गरिएको थियो ।
धितोपत्र बोर्डका पूर्व अध्यक्षसमेत रहेका रेवतबहादुर कार्कीले आफ्नो छोरीको नाममा गुठी स्थापना गरी स्थापना गरेको यो पुरस्कारलाई बैक तथा वित्तीय क्षेत्रको मुख्य पुस्कारको रुपमा लिइन्छ ।