Logo

काठमाडौंमा मोहित ग्रुपको ‘पार्टनर्स मीट’

काठमाडौं– कृषि र कृषि औद्योगिक उत्पादनको क्षेत्रमा स्थापित मोहित ग्रुपले काठमाडौंमा ‘पार्टनर्स मीट’ कार्यक्रम सम्पन्न गरेको छ । कृषि उत्पादन थालेको ३० वर्ष पुगेको अवसरमा ग्रुपले आयोजना गरेको कार्यक्रममा कम्पनीसँग सहकार्य गर्ने डिलर प्रतिनिधीहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै ग्रुपका प्रबन्ध निर्देशक डा. सुबोध कुमार गुप्ताले चामल, तेल लगायतका ब्राण्डमा काम गर्दै आएकोमा अब चाँडै नै दाल र अन्य नयाँ ‘प्रडक्ट लञ्च’ गर्ने तयारीमा रहेको जानकारी दिए । उनले खाद्यान्नका अन्य विभिन्न प्रडक्टहरु ल्याउने घोषणा पनि गरे । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगतर्फका केन्द्रीय सदस्य समेत रहेका गुप्ताले लामो समयदेखि काठमाडौं, पोखरालगायतका ठाउँमार्फत आफ्ना उत्पादन बजारमा पुर्‍याउँदै आएको छन् ।

‘हामीले कार्यालय खोलेरै आवुखैरेनीदेखि बागलुङ र निजगढदेखि विर्तामोडसम्म उत्पादन आपूर्ति गर्र्दै आइरहेका छौं,’ उनले भने ‘यो लामो यात्रामा सहकार्य गरेकोमा सम्पूर्ण डिलरहरुलाई धन्यवाद दिन चाहन्छु ।’ चामल उत्पादनमा सक्रिय रहेको मोहित ग्रुपले तेल र दाल उद्योगमा पनि लगानी विस्तार गर्ने तयारी गरेको छ । डा. गुप्ताले नेपाली खाद्यान्न लगायतका वस्तुहरुको देशभित्र अधिकतम उपभोग गर्न नसक्दासम्म व्यापार घाटा कम गर्न नसकिने बताए । ‘मुलुकको विकासका लागि सबै मिलेर काम गर्नुपर्छ’ उनले थपे ।

उनका अनुसार कम्पनीले चाँडै नै पोखरमा डिलर मीट गर्ने तथा इटहरी विराटनगर लगायतका सहरलाई टार्गेट गरेर काम गर्न लागेको छ । सन् १९९० देखि नेपालको कृषि–उद्योगमा अग्रपंक्तिमा रहेर काम गर्दै आएको मोहित समूहसँग हाल ५ हजारभन्दा धेरै डिलरहरु जोडिएका छन् । यस्तै २ सय भन्दा धेरै कर्मचारी आवद्ध छन् । समूहले २० भन्दा धेरै प्रडक्ट बजारमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्