Logo

कोकाकोला मोःमोत्सव २०१८ सफलता पूर्वकसम्पन्न

‘कोकाकोला मोःमोत्सव २०१८’ क्याम्पेन सफलतापूर्वक सम्पन्न भएको छ । जनवरी १५ बाट सुरु भएको यो महोत्सव करिब ढेड महिना सञ्चालन भएको थियो । यो मोःमोत्सव कोकाकोलाले २०१६ बाट सुरु गरेको हो । यो क्याम्पेनमा कोकाकोला र मःमको कम्बो प्याकको साथमा नेपाली चिरपरिचित सेलिब्रेटीसँग भेट्ने र सेल्फी खिच्ने मौका प्रदान गरिएको थियो । कोकाकोला मोःमत्सोवलाई नेपालभर १ हजारभन्दा बढी होटल तथा रेस्टुराँहरूमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यो क्याम्पेनको मुख्य आकर्षणका रूपमा खानको पारखी चर्चित कलाकार तथा नायिका प्रिंयाका कार्कीको साथमा नायिका स्वस्तिमा खड्का र वर्षा सिवाकोटी जोडिएका थिए । उनीहरूले विभिन्न आउटलेटमा पुगेर आफ्ना शुभेच्छुक र फ्यानहरूसँग बसेर मःम र कोकाकोलाको कम्बो प्याकको मज्जा लिएका थिए । साथै उनीहरूले आफ्ना फ्यानसँग फोटो खिच्ने र हरेकसँग कुरा गरेका थिए । मोःमत्सव क्याम्पेन काठमाडौं, पोखरा, चितवन, धरान, इटहरी, बिराटनगरलगायतका नेपालभर रहेका बिभिन्न ब्रान्डेड होटल तथा रेस्टुराँहरूमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्