Logo

नेपाल युवा उद्यमी मञ्चको स्टार्टअप अवार्ड सम्पन्न

काठमाडौं– नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करणको एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न गरेको छ । यसअन्तर्गत चार लाख रुपैयाँ पुरस्कारसहित डीएल अपलोडलाई स्टार्टअप अवार्ड प्रदान गरियो ।

उपविजेता मेल्ट डाउनलाई दुई लाख र तेस्रो भएको खेतीपाती अर्गानिक्सले एक लाख रुपैयाँ जित्यो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्