Logo

बुटवल पावर कम्पनीको पाँच प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– बुटवल पावर कम्पनीले सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सेयरधनीलाई आ.व. २०८०/०८१ को मुनाफाबाट चुक्त पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने बताइएको छ । साधारण सभाले एक करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेश गर्ने निर्णय गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्र नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्