Logo

सिद्धार्थको चार प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ को ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायतका प्रस्ताव पारित गरेको छ । बैंकको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेशशंकर पालिखे र विरेन्द्रकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट अंकित केडिया र भोजन अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्