दृष्टिविहीनलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले ९० जना दृष्टिविहीनलाई सेतो छडी प्रदान गरेको छ । बैंकले अपांगता संरक्षण नेपालसँगको सहकार्यमा सप्तरी जिल्लामा रहेका दृष्टिविहीनलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । सानो पहलबाट दृष्टिविहीनको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास लिएको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।