गुहेश्वरी मर्चेन्ट फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं– यस गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड र कर्जा ५ अर्ब ८४ करोड रहेको छ ।
यस संस्थाले हाल चिपमा आधारित डेबिट कार्ड, एसएमएस एलर्ट, इ बैंकिङ र मोबाइल बैंकिङलगायतका सेव प्रदान गर्दै आएको छ । साथै व्यक्तिगत खाताको हकमा ५ लाखसम्मको निक्षेप बीमाको समेतको व्यवस्था गरेको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।