Logo

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– माछापुच्छ्रे बैंकले २६औँ साधारणसभा सम्पन्न गरेको छ । बैंकले आइतबार पोखरामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सम्पन्न गरेको हो । साधारणसभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

सभाले जी.पी.राजबहाक एन्ड कम्पनीलाई पुन: लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्