Logo

टाइगर कप भलिबल प्रतियोगितालाई एनसेलको साथ

पोखरा– पोखरामा ४ वर्षदेखि सञ्चालन हुँदै आएको टाइगर कप भलिवल प्रतियोगितालाई यस वर्षदेखि एनसेलले साथ दिने भएको छ । एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ । सो सम्बन्धी सम्झौतामा टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा र एनसेलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

टाइगर ग्रुप अफ् पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितालाई सफल पार्न एनसेलले टाइगर कपलाई मुख्य प्रायोजन गर्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले बताए । उनले भने, ‘यस वर्ष एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म हुँदैछ ।’

प्रतियोगितामा नेपाल र विदेशका चर्चित क्लव तथा खेल संघ संस्थाको टिम गरी पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । विजेतालाई ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने छ । उपविजेता हुने टोलीलाई समान पुरस्कार २ लाख ८५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्