‘भिजिट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने «

‘भिजिट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने

भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरूको एकतिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरूको एकतिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा भिजिट मधेश नेपालले पत्रकार सम्मेलन गर्दै यो वर्ष कम्तीमा पनि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूको एक तिहाई (भारतबाहेक) लाई मधेश भ्रमण गराउने उद्देश्य लिएको सुनाएको छ ।
सोही लक्ष्य बोकेर डिजिटल प्लाटफर्म पनि सार्वजनिक गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्लेटफर्मममा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप छन् । ‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ । तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तिमा थप भनिएको छ, “यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभूषा एवं विशेषताहरूलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै  जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकका रूपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन् ।
साथै टिमहरूले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरूका बारेमा अध्ययन तथा अनुसन्धान र प्रचार–प्रसार गर्ने कामहरू गरिरहेका छन् ।” आयोजकका अनुसार  अहिलेसम्म १२ वटा अन्य देशहरूमा पनि ग्लोबल रुपमा टिमहरू प्रवद्र्धनमा लागेका छन् ।आन्तरिक एवं बाह्य पर्यटकहरूको सुबिधाका लागि भिजिट मधेसको डिजिटल प्लेटफर्मको मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरू बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ । 
विकास र समृद्धिमा पर्यटन क्षेत्रले ठूलो योगदान पु-याउँदै आएकाले पर्यटनको विकासले कुल गार्हस्थ उत्पादनमा पनि अप्रत्याशित बढोत्तरी गर्नसक्ने र रोजगारको अवसरहरू सिर्जना गर्न कोसेडुंगा सावित हुने आयोजकको विश्वास छ । विज्ञप्तिमा थप भनिएको छ, “पर्यटन प्रवद्र्धनले सामाजिक चेतना विकास, सरसफाइ (पर्यावरण स्वक्षतामा सकारात्मक प्रभाव तथा स्थानीय पहिचान, कला, संस्कृतिको जगेर्ना र संरक्षण हुने, स्थानीय उत्पादन, हस्तकलाले बजार पाउने सम्भावनाहरू बढ्दै जान्छ । यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोदराज सरार्फ छन् भने नेसनल कोअर्डिनेटरका रूपमा ओमप्रकाश सरार्फले नेतृत्व गरेका छन् र कल्चरल एम्बेस्डरका रूपमा गायक रविराज साह छन् ।उक्त अभियानले पर्यटकीय स्थलको सरसफाइ, सरोकारवालासँग गाउँ र सहरमा अन्तरक्रिया, जनजागरण कार्यक्रम र पर्यटकीय गतिविधि तथा गन्तव्यहरूको प्रचार–प्रसार एवं प्रवद्र्धन गर्दै आइरहेको छ ।             

प्रतिक्रिया दिनुहोस्