महिला सहकारी संस्थाको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– महिला सहकारी संस्थाले सेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सहकारीको २९ औं साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा २८ करोड २७ लाख आम्दानी र २३ करोड ७७ लाख खर्च गरी ४ करोड ५० लाख ३४ हजार सञ्चालन नाफा आर्जन गरेको छ । सो नाफाबाट संस्थाले यस वर्ष आय कर बापत ८५ लाख २ हजार नेपाल सरकारलाई बुझाएको छ ।
संस्थाले प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब २३ करोड ७ लाख ३४ हजार निक्षेप संकलन गरी एक अर्ब ६१ करोड ६९ लाख १८ हजार कर्जा लगानी गरेको छ । यसैगरी काठमाडौंं उपत्यकामा सीमित बैंकिङ करोबार सञ्चालन गर्नुको साथै विपन्न महिलाका लागि लघुवित्त कार्यक्रम सञ्चालन गरी सामूहिक जमानीमा बिना धितो ऋण प्रदान गर्दै आएको छ ।