Logo

सिन्धु विकास बैंकका सीइओ देवकोटाले पदभार सम्हाले

काठमाडौं– सिन्धु विकास बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले पदभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिले देवकोटालाई चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा देवकोटाले संस्थागत सुशासन र नियमाकिय अनुपालना आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई एक सवल, सक्षम र उदारणीय बनाउने योजना रहेको पनि बताए । करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले वि.सं.२०६२ सालमा नेपाल बैंकबाट करियर सुरु गरी लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए ।

देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायतका कार्यकारी पदहरुमा रहि आफूलाई अब्बल साबित गरेका थिए । तत्कालिन नेपाल बंगलादेश बैंक नबिलमा गाभिए पश्चात देवकोटाले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्