Logo

नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौं– नेपाल बैंकमा कार्यरत कर्मचारी ग्राहकलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाको शुल्कमा बैंकका कर्मचारी र ग्राहकलाई टिकट शुल्कमा आठ प्रतिशत र कर्मचारीलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुनेछ ।

सम्झौता पत्रमा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्