Logo

भाइरल बन्यो महराको छुट्टी छन्चरबार गीत

काठमाडौं- गायक जनक महराको पछिल्लो गीत भाइरल भएको छ । बैतडी घर भई हाल काठमाडौंमा बसोबास गर्ने महराको छुट्टी छन्चरबार बोलको गीत भाइरल बनेको हो । यो गीतमा शब्द भानुभक्त जोशीको रहेकाे छ भने स्वर जनक महरा र रेखा जोशीले दिएका छन् ।

निशान एसकेको कथा–निर्देशनमा तयार गरिएको यो गीतको छायांकन दिपक गिरीले गरेका हुन् । यसको सम्पादन विनोद बमले गरेका छन् । गीतमा अभिनय जनक महराकी छोरी निरजना महरा र मोडेल दिनेश कठायत, अञ्जली खुसी महरा रोजिना श्रेष्ठलगायतले गरेका छन् ।

बुबाको गायनमा छोरी निरजनाको अभिनयलाई लिएर सामाजिक सन्जालमा सकारात्मक टिप्पणीहरु आएका छन् । गीतमा टिकटक बनाइएका छन् । सुदुरपश्चिम भाषामा छन्चरबार भनेको शनिबार हो । गीतमा फुर्सदिलो शनिबार भेट्ने बाचा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्