नागरिकताको अधिकार कसैले खोस्न सक्दैन : एनआरएनए «

नागरिकताको अधिकार कसैले खोस्न सक्दैन : एनआरएनए

बेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसँग सम्बन्धीथ ऐन तथा कानुनहरु तत्काल संशोधन गर्न सुझाव दिएका छन् । गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य परिषदको आयोजनामा आइतबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले समयनाकूल विदेशमा बस्ने नेपालीहरुसँग सम्बन्धि ऐनकानुन संसोधन गर्न संघीय संसदको ध्यानार्कषण गराएका हुन् ।
उनीहरुले गैरआवासीय नेपालीहरुसँग सम्बन्धीत नागरिकता, मुलुकी संहिता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु संशोधन गर्न सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने बताए । डा. शर्माले भने, “नेपालको संविधानले विदेशमा वस्ने नेपालीहरुको अधिकारको लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको छ त्यसलाई कुनै एक दलले चाहेर मात्र खोस्न सक्दैन ।” शर्माले संविधानको प्रावधानले गैरआवासीय नेपालहरुलाई आंशिक अधिकार दिने परिकल्पना गरेपछि थप अधिकारको लागि लड्नुपर्ने बताए ।
गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ र थर्क राना लगायतका वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकता दिने संविधानले ग्यारेन्टी गरेपछि पूर्ण रुपमा कार्यन्वयन नहुने बेलासम्म सजक हुनु पर्ने तर्क गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपु गोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति थियो । कार्यक्रममा बोल्ने वक्ताहरुको सुझावको आधारमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा गैरआवासीय नेपाली संघ युकेले ८ बुँदे सुझाव संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्