‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना «

‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

कामेगा बैंक नेपालले ग्राहकहरूलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरूकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरूलाई धन्यवाद स्वरूप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको भन्दै बैंकले ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरूलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरूको व्यवस्था गरिएको छ ।
यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रूपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । साथै, आकर्षक एवं नविनतम सुविधाहरू प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको जनाएको छ ।
नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरूको बिमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आपैmंले बिमा प्रिमियम शुल्क बेहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्समार्पmत गर्ने भएको भन्दै बैंकले आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रूपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्