नेशनल लाइफका अभिकर्तालाई भारती प्राविधिकको प्रशिक्षण
काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता र मार्केटिङ कर्मचारीलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भएको तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गरेका थिए ।
उनले नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी करिब ४०० अभिकर्ता र कम्पनीका माकेटिङ कर्मचारीलाई तालिम प्रमाण पत्र वितरण गरेका थिए ।