Logo

पिडीओटी अब श्रम गन्तव्यको क्लस्टर अनुसारका अनुसार फरक फरक

पिडीओटीमा कडाई गर्दै सरकार

काठमाडौं– श्रमिक विदेश जानु अघि पूर्वप्रस्थान अभिमुखिकरण तालिम (पिडिओटी) मा मनपरी हुन थालेपछि यसलाई थप प्रभावकारी बनाउन अबदेखि तालिम देशगत समुह क्लस्टर अनुसार फरक फरक सञ्चालन गर्नुपर्ने नियम लागू भएको छ । यसअघि सबै देशका लागि एकै प्रकारको तालिम हुँदै आएकोमा अब भने क्लस्टर अनुसार अनुसार फरक फरक तालिम दिनु पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

क्लस्टर खाडी क्लस्टर, जापान तथा कोरिया क्लस्टर र युरोप क्लस्टर रहने गरी बढीमा २ क्लस्टर तालिम दिन सकिने छ । विभागका निर्देशक लोकनाथ भुसालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट निर्णय भई माघ १ गतेबाट लागू हुने गरी कार्यान्वयनमा लैजाने आदेश भएको बताए ।

‘पूर्व विभागमा आवेदन पेश भई देशगत रुपमा क्लस्टर छनौट भइसकेका सूचिकृत संस्थाहरुले तोकिएको क्लस्टर बमोजिम नै हुने गरी तोकिएको मितिबाटै तालिम सञ्चालन गर्नुपर्ने नियम रहेको छ’ निर्देशक भुसालले भने, ‘यसपूर्व आवेदन नगरेका वा अन्य कुनै कारणले क्लस्टर छनौट हुन छुट भएका सूचिकृत संस्थाहरुले पुस २८ गते भित्र देशगत समुह क्लस्टर, सो सम्बन्धित पूर्वाधार र प्रशिक्षकहरुको योग्यता विवरणसमेत खुलाइ विभाग समक्ष आवेदन दिनु पर्ने छ ।’

४ महिना अघिदेखि पिडिओटीमा बायोमेट्रिम प्रणालीलाई लागू गरेसँगै अब तालिम देशगत समुह क्लस्टर अनुसार सञ्चालन गर्नुपर्ने छ । ४ महिना अघि पिडिओटीमा सहभागी हुने युवाले आँखा तथा फेस टाइम आइरिस बायोमेट्रिक प्रणाली लागू गर्नुपर्ने नियम बनेको थियो । असोज १५ गतेबाट सबै तालिम प्रदायक संस्थाले तालिम लिने युवाको हाजिरीका लागि आँखा र अनुहारको बायोमेट्रिक गर्नुपर्ने नियम लागू भएको थियो ।

अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरुले तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको एवम् प्रशिक्षार्थीलाई तालिम नदिई प्रमाणपत्र वितरण हुने गरेको गुनासो आएपछि अनुहार र आँखाको बायोमेट्रिक पछि क्लस्टरसमेत लागू भएको छ । यसअघि गरिँदै आएको तालिममा वैदेशिक रोजगार विभागबाट अनुगमन गर्दासमेत तालिम नदिई प्रमाणपत्र वितरण हुने गरेको भेटिएको थियो ।

केही अभिमुखीकरण व्यवसायीले हाल प्रचलनमा आएको बायोमेट्रिक हाजिरी मेसिन दुरुपयोग गरी नक्कली हाजिर गर्ने गरेको गुनासो गर्दै आइसिस मेसिन जडान, देशगत तालिम हुनुपर्ने माग रहेको थियो । यसअघिको प्रशिक्षार्थीहरुको बायोमेट्रिक थम हाजिरी प्रभावकारी प्रयोग नभएकाले सबै अभिमुखीकरण प्रदायक तालिम दिने संस्थाले फेस टाइम र आइसिस रिकग्नाइजेसन सिस्टम लागु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन २९ गते निर्णय गरेको थियो ।

भदौ २ गते विभागले फेस टाइम र आइसिस रिकग्नाइजेसन सिस्टम लागू गर्न आवश्यक व्यवस्था गर्न सूचना जारी गरेको थियो । असोज १५ गतेदेखि अनिवार्य फेस टाइम र आइसिस रिकग्नाइजेसन सिस्टम लागू गर्न सबै अभिमूखीकरण तालिम प्रदायक संस्थालाई पत्राचारसमेत भएको विभागले जनाएको छ । पूर्वप्रस्थान अभिमुखिकरणमा समेत तालिम नै नलिई प्रमाणपत्र वितरण गर्ने गरेको गुनासो आएपछि यसलाई व्यवस्थित गर्न विभिन्न प्रावधान थप गरिँदै लगेको विभागले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउन ३ वटा समिति बनाएर अध्ययन गरेको थियो । अभिमुखिकरण कार्यक्रम अनिवार्य लिनु पर्ने कानुनी बाध्यता भएपनि कतिपय अवस्थामा प्रमाणपत्र मात्र बेचिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्