Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन शुक्रबार एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्