नेप्से १६ अंकले बढ्यो «

नेप्से १६ अंकले बढ्यो

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस साताको सुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ । धेरै पछि कारोबार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोबार रकमले मंगलबार नयाँ इतिहास कायम गरेको हो ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बिमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बिमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।
नेप्सेका अनुसार मंगलबार सबैभन्दा बढीको कारोबार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै १९ करोड ४९ लाख १३ हजार ४ सय १३ रुपैयाँको कारोबार भई शीर्ष स्थानमा रह्यो । एनआईसी एसिया बैंक ६ करोड ४८ लाख ६ सय ३३ रुपैयाँ, प्रभु बैंक ४ करोड २० लाख १२ हजार ९ सय १२ रुपैयाँ, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ४ करोड ६ लाख ५० हजार ८ सय ६१ रुपैयाँ, एनसीसी बैंक २ करोड ९१ लाख २५ हजार २ सय ६१ रुपैयाँ, एनएमबी बैंक २ करोड ६८ लाख ७४ हजार ९ सय ५५ रुपैयाँ, लुम्बिनी विकास बैंक २ करोड ६३ लाख ९५ हजार ५ सय ४३ र सिद्धार्थ बैंक २ करोड ३५ लाख ३० हजार ८ सय १६ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ७.८४ प्रतिशतले कमाए ।
त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआईसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्