सिबिफिनमा नयाँ कार्य समिति
काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को हाले सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । सभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
सिबिफिनको विधानानुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीकोतर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्य समिति निर्वाचित भएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष पौडेल, राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, कुशप्रसाद मल्ली उपाध्यक्ष, प्रचण्डबहादुर श्रेष्ठ महासचिव, तुलसीराम अग्रवाल कोषाध्यक्ष, थानेश्वर पौडेल सचिव, गौरव बुढाथोकी सहकोषाध्यक्ष रहेका छन् । यस्तै कार्यकारी सदस्यहरुमा लिलाप्रकाश सिटौला, राधेश पन्त, मनोज कुमार गोयल, डा. चन्द्रबहादुर अधिकारी, डा. बालगोपाल वैद्य, रमण नेपाल, राजाराम खड्का, चिन्तामणी भट्टराई र लक्ष्मीप्रसाद महर्जन निर्वाचित भएका छन् ।