फर्निचर एक्स्पो माघ ४ देखि
काठमाडौं– १०औं फर्निचर एक्स्पो तथा पाँचौं अन्तर्रष्ट्रिय फर्निचर एक्सपो आगामी माघ ४ देखि काठमाडौंमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले आयोजना गर्ने एक्स्पोमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु प्रदर्शनी गरिने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा विदेशी ब्राण्डका १०० भन्दा बढी स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारेमा जानकारी गराउन प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा विश्वमा ख्याती कमाएका कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीमा धेरै नयाँ प्रविधि र सामग्रीका प्रदर्शनी हुने आयोजकले जनाएको छ ।